Techie IT
२०८३ कार्तिक २८, शुक्रबार

रास्वपाको २० सदस्यीय जम्बो टोली चीन जाँदै


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीनको औपचारिक भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल चीन जान लागेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । (विज्ञप्तिमा १९ सदस्यीय भनिए पनि नेतृत्वकर्तासहित कुल सङ्ख्या २० रहेको छ।)

प्रवक्ता खरेलद्वारा जारी विज्ञप्तिअनुसार भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका विषयमा द्विपक्षीय अनुभव आदानप्रदान तथा छलफल हुनेछ ।

रास्वपाले यो भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्य विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट