Techie IT
२०८२ मंसिर २४, बुधबार

महिलालाई सधैं हेप्ने ओलीजस्तो नेता अब चाहिँदैन : उपाध्यक्ष अष्टलक्ष्मी शाक्य


नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले महिलाप्रति निरन्तर अपमानजनक अभिव्यक्ति प्रयोग गर्ने गरेको आरोप लगाएकी छन्।

मंगलबार एमालेको ११औँ महाधिवेशनका विषयमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै शाक्यले ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएकी छन् ।

उनका अनुसार गणतन्त्र नेपालको प्रधानमन्त्रीसम्म भइसकेको व्यक्तिले एक पूर्वराष्ट्रपतिलाई पटक–पटक अपमानजनक भाषा प्रयोग गर्नु अयोग्य र अस्वीकार्य व्यवहार हो।  शाक्यले भनिन्, “उहाँ (ओली) मा महिलाप्रति सम्मानजनक दृष्टिकोण छ भन्ने देखिँदैन। आधा जनसंख्या महिलाको हो, महिला हिंसाविरुद्ध १६ दिने अभियाना चलिरहेको छ। यस्तो बेलामा यस्ता शब्दहरूले सबै महिलाको अपमान हुन्छ। यसको कडा प्रतिकार हुनुपर्छ।”

उनले महिलालाई अवमूल्यन गर्ने र अपमानित गर्ने नेतृत्व आजको आवश्यकता नभएको प्रस्ट पारेकी थिइन् ।

शाक्यले थप भनिन्, “पूर्वराष्ट्रपति, संविधानको संरक्षकलाई ‘धामीझाँक्री’ भन्न मिल्दैन। सामान्य महिलालाई पनि यस्तो गर्न पाइँदैन। तर ओलीजीले जसरी महिलाहरुलाई अपहेलना गरिरहनु भएको छ यस्तो व्यक्ति नेतृत्वमा रहिरहन सुहाउँदैन।”

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीका राजनीतिक कदमप्रति व्यंग्य गर्दै ‘धामीले घुमरौं लाएर झर्ल्याङ झर्ल्याङ गर्दै आएको’ शैलीमा टिप्पणी गरेका थिए। यही अभिव्यक्तिप्रति शाक्यले असहमति जनाउँदै अब यस्तो नेतृत्व पार्टी र देश दुवैका लागि उपयुक्त नहुने बताएकी छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट