जेन–जी महोत्सवमा उल्लेख्य उपस्थिति नहुँदा प्रचण्ड असन्तुष्ट
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी महोत्सवसभामा अपेक्षित भीड नहुँदा आफूलाई ‘नमिठो’ लागेको बताएका छन्।
अखिल क्रान्तिकारीद्वारा आयोजित जेन–जी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कार्यक्रमहरू राम्रो तयारीसहित गर्न निर्देशन पनि दिए। ‘यो उद्घाटन सत्र त खचाखच भरिनुपर्थ्यो, तर अलि खल्लो देखियो,’ प्रचण्डले भने, ‘आगामी दिनमा राम्रो तयारी गरेर मात्रै कार्यक्रम गर्नुस्। बरु दुई–चार दिन ढिलो भए पनि केही बिग्रँदैन।’
उनले हालै गरिएको पार्टी एकता सन्देश सभामा राम्रो तयारी भएकाले प्रभावशाली देखिएको उल्लेख गर्दै त्यसलाई ‘विश्वले हेरिरहेको’ दाबी समेत गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस