नेपाली कांग्रेस सुनसरीबाट यी उम्मेदवारहरु सिफारिस
नेपाली कांग्रेस सुनसरीका चारवटै निर्वाचन क्षेत्रीय समितिले आगामी निर्वाचनका लागि संभावित उम्मेदवारहरूको सिफारिस सूची सार्वजनिक गरेका छन्।
सुनसरी क्षेत्र नं. १ बाट उमेश थापा, विनोद राई, मीनबहादुर विश्वकर्मा र मधव घिसिङको नाम सिफारिस गरिएको छ।
यस्तै, सुनसरी क्षेत्र नं. २ बाट राजीव कोइराला, राजीव ढुंगाना र सीताराम मेहताको नाम सिफारिस गरिएको छ। सुनसरी क्षेत्र नं. ३ बाट विजयकुमार गच्छदार र देव गच्छदारको नाम सिफारिस गरिएको कांग्रेस सुनसरीले जनाएको छ।
सुनसरी क्षेत्र नं. ४ बाट भने ज्ञानेन्द्र कार्की, गफार अन्सारी, डिल्ली कार्की र डा. अबुल हुसेन अन्सारीको नाम सिफारिस सूचीमा परेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस