एमाले सचिवालय बैठक आज दिउँसो बस्दैँ
महाधिवेशनको संघारमा पुगेको नेकपा (एमाले) सचिवालय बैठक आज दिउँसो बस्ने भएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बैठक सुरु हुने कार्यक्रम छ।
बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयन, विधान संशोधन प्रस्ताव तथा महाधिवेशन सञ्चालनसम्बन्धी मोडालिटीबारे विस्तृत छलफल गर्ने तयारी रहेको पार्टी स्रोतले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस