Techie IT
२०८२ पौष १, मंगलबार

ओली समूहभित्र शक्ति संघर्षः पोखरेल हाबी हुँदा पौडेल पक्ष असन्तुष्ट


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहभित्र महासचिव शंकर पोखरेल हाबी भएको आरोप लागउँदै नेता विष्णु पौडेल निकट प्रतिनिधिहरू असन्तुष्ट बनेका छन्।

११औँ महाधिवेशनमा पौडेल उपाध्यक्ष पदका उम्मेदवार हुन् भने पोखरेल महासचिव पदका उम्मेदवार रहेका छन्। पोखरेलले आफू महासचिव पदमा सुरक्षित हुँदै यसअघिका सचिवहरू पद्मा अर्याल, लेखराज भट्ट र छविलाल विश्वकर्मालाई बाहिर राखेर भानुभक्त ढकाललाई उपमहासचिव पदको उम्मेदवार बनाएको भन्दै पौडेल पक्ष असन्तुष्ट बनेको हो।

पौडेल पक्षका एक नेताका अनुसार, “महासचिवले आफूलाई फेरि सोही पदमा सुरक्षित गर्नुभयो, स्थायी कमिटी सदस्य भानुभक्तजीलाई उपमहासचिवको उम्मेदवार बनाइयो, तर यसअघिका सचिवहरू किन उपमहासचिवका लागि योग्य ठहरिएनन् भन्ने प्रश्न उठेको छ।”

त्यस्तै, केन्द्रीय सदस्य चयनमा समेत महासचिव पोखरेलले ‘एकलौटी’ निर्णय गरेको आरोप लगाउँदै प्रतिनिधिहरू असन्तुष्ट बनेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट