Techie IT
२०८२ पौष १, मंगलबार

ओली प्यानलमा नपरेपछि रुदैँ घरफर्किए ज्ञवाली


नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको केन्द्रीय कमिटी सदस्य पदमा मात्रै उम्मेदवारी दिएका छन्। अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्ष पदका लागि उनको नाम प्रस्ताव भए पनि ज्ञवालीले महासचिव बाहेक अन्य पदमा उम्मेदवारी नदिने अडान लिएको स्रोतले जनाएको छ।

आइतबार साँझ भक्तपुरको गुण्डुमा भएको छलफलमा पनि ज्ञवालीले महासचिव पदमै उम्मेदवारी दिने स्पष्ट अडान दोहोर्‍याएका थिए। तर प्यानल तयार गर्ने क्रममा उनलाई उपाध्यक्षको सूचीमा समावेश गरिएपछि उनले त्यसमा सहमति जनाएनन्।

सोमबार बिहान भृकुटीमण्डपस्थित बन्दसत्र हलबाट बाहिरिएका ज्ञवाली पछि पुनः मनोनयन प्रक्रियाका लागि पुगेका थिए। तर अन्ततः उनले केन्द्रीय सदस्य पदका लागि मात्रै मनोनयन दर्ता गराएको उनी निकट स्रोतले जनाएको छ।

ज्ञवालीले निकटस्थहरूसँग पार्टीभित्र एउटै व्यक्तिलाई बारम्बार दोहोर्‍याउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । "म एमालेको पदाधिकारी थिएँ, अब कार्यकर्ताको भूमिकामा रहनेछु," उनले भने ।

ज्ञवालीले सञ्चारकर्मी सँग भने - “ पार्टीमा सबैलाई समान प्रतिस्पर्धाको अवसर हुनुपर्छ भन्ने विश्वास थियो। एउटै व्यक्तिलाई दोहोर्‍याइराख्ने प्रवृत्ति उचित भएन। मेरो मन निकै दुखेको छ।”

यद्यपि उनले आफू पार्टी आन्दोलनबाट अलग नहुने स्पष्ट पारेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट