Techie IT
२०८२ पौष १, मंगलबार

एमाले महाधिवेशनमा २९ वर्षीया इन्जिनियर एलिसा गौतमको उम्मेदवारी


नेकपा एमालेको जारी ११औं महाधिवेशनमा पुराना र पाका नेताहरूको बाक्लो उपस्थितिबीच २९ वर्षीया युवा इन्जिनियरको उम्मेदवारीले विशेष ध्यान खिचेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट ‘महिला खुला क्लस्टर’ तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी इन्जिनियर एलिसा गौतमले राजनीतिमा युवाको हस्तक्षेपको संकेत गरेकी छन्।

झापा स्थायी घर भएकी एलिसा गौतम हालसम्म केन्द्रीय सदस्य पदका उम्मेदवारमध्ये सबैभन्दा कान्छी (२९ वर्ष) हुन्। पेसाले आर्किटेक्ट इन्जिनियर तथा अर्बन प्लानर रहेकी उनी प्राविधिक दक्षता र राजनीतिक संगठन दुवै क्षेत्रमा सक्रिय मानिन्छिन्।

उनको राजनीतिक यात्रा क्याम्पस जीवनबाट सुरु भएको हो। काठमाडौँ इन्जिनियरिङ कलेजमा अध्ययनरत रहँदा उनी क्याम्पस कमिटी सदस्य र कोषाध्यक्ष भइन्। विद्यार्थीमाझ लोकप्रिय गौतम २०७३ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कोषाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्।

विद्यार्थी राजनीतिमा निरन्तर सक्रिय रहँदै उनी अनेरास्ववियु (अखिल) को केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्यसम्मको जिम्मेवारीमा पुगिन्। अखिलको रचनात्मक विभागको सचिवका रूपमा काम गरिसकेकी उनले अखिलको २३औं महाधिवेशनमा केन्द्रीय सचिव पदमा उम्मेदवारीसमेत दिएकी थिइन्।

विद्यार्थी राजनीतिसँगै पेसागत संगठनमा पनि उनी सक्रिय छिन्। ‘प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल’को झापा जिल्ला कमिटी सदस्यबाट पेसागत राजनीतिक यात्रा सुरु गरेकी गौतम पिनको केन्द्रीय सदस्य हुँदै हाल सचिवालय सदस्य तथा महिला विभाग प्रमुखको जिम्मेवारीमा छन्।

राजनीतिसँगै शैक्षिक रूपमा पनि उनी सक्षम मानिन्छिन्। आर्किटेक्ट इन्जिनियर रहेकी गौतमले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘अर्बन प्लानिङ’ विषयमा स्नातकोत्तर गरेकी छन्।

एमालेको नीति निर्माण तहमा प्राविधिक सोच र युवामैत्री दृष्टिकोण स्थापित गर्ने उद्देश्यसहित आफू उम्मेदवार बनेको गौतमको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट