कछुवागति भन्दा सुस्त एमालेको मतदान, प्यानल सूचीले मतदाता अलमलमा
नेकपा एमालेको महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदान अनेपेक्षाकृत सुस्त गतिमा अघि बढिरहेको छ। लामो मतपत्र र प्यानलका सूची भिडाएर मतदान गर्नुपर्दा मतदाताहरू लामो समयसम्म अल्मलिन बाध्य भएका छन्।
अध्यक्ष पदका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा छन्।
मतदाताहरू प्यानलको सूची बोकेर मतदानस्थल पुगेकाले मतदान प्रक्रियामा ढिलाइ भएको जनाइएको छ। विद्युतीय मतदान मेसिन सञ्चालनमा संलग्न राम–लक्ष्मणमध्येका रामका अनुसार सुरुमा नाम र फोटो हेरेर मतदान गरिएको भए प्रक्रिया छिटो सकिन्थ्यो।
उनले भने, “यता सूची हेर्दै उता फोटो खोज्नुपर्दा मतदानमा समय बढी लागिरहेको छ।” उनका अनुसार प्यानल सूची नबोकी मतदान गर्न पुगेकाहरूले आधा घन्टाभित्र मतदान सकेका छन् भने सूची बोकेर पुगेकाहरूले डेढ घन्टासम्म समय खर्चिरहेका छन्।
५ बजेसम्म करिब ८ सय मतदाताले मात्र मतदान गरिसकेका छन्। महाधिवेशनमा कुल २ हजार २ सय ६३ मतदाता छन्। उनीहरूले ६ सय ४२ उम्मेदवारमध्येबाट ३ सय १ पदका लागि मतदान गर्नुपर्ने भएकाले प्रक्रिया थप जटिल बनेको छ। हालको यही गतिमा मतदान जारी रहे भोलि बिहान ४ बजेसम्म मतदान सकिने अनुमान गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस