एमाले महाधिवेशनमा ९८.०४ प्रतिशत मतदान, भोट नहाल्ने प्रतिनिधिहरुको नामावली
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ। बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान सवा ७ बजे सकिएको हो।
महाधिवेशनका लागि चयन भएका २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका छन्। यसअनुसार मतदान प्रतिशत ९८.०४ रहेको निर्वाचन आयोगले जनाएको छ। ३६ जना प्रतिनिधि मतदानमा अनुपस्थित रहे।
निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार विद्युतीय मतदान भएकाले मतगणना सुरु भएको दुईदेखि चार घण्टाभित्र अन्तिम नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ। मतगणना बिहीबार बिहान १० बजेपछि सुरु हुने बताइएको छ।
मतदानका क्रममा अध्यक्ष पदका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुआती मतदान गरेका थिए भने अन्तिम मत नेता योगेश भट्टराईले हालेका थिए। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो। मतदान सम्पन्न भएपछि ती उपकरणहरू सिल गर्ने प्रक्रिया सुरु गरिएको छ र प्रतिनिधिहरूको रोहबरमा मतगणना गरिने निर्वाचन आयोगले जनाएको छ।
यसैबीच, महाधिवेशन प्रतिनिधि सुशील प्याकुरेल मतदानबाट वञ्चित भएका छन्। भोटिङ कार्ड हराएपछि उनले अन्तिम समयसम्म स्क्यानिङमार्फत मतदान गर्न पाउने व्यवस्था मिलाइदिन आग्रह गरे पनि निर्वाचन आयोगले सबैका लागि एउटै प्रक्रिया लागू गर्नुपर्ने भन्दै अनुमति दिएको थिएन। यस विषयमा केही समय वादविवादसमेत भएको थियो। अन्ततः अध्यक्षका दुवै प्रत्याशीका प्रतिनिधिको आग्रहपछि प्याकुरेलले मतदान गर्न पाउनुपर्ने अडानबाट पछि हटेका थिए।
मतदानमा अनुपस्थित प्रतिनिधिहरू (३६ जना):
१. कृष्णमाया भुजेल (झापा)
२. लक्ष्मी यादव (बारा)
३. शत्रुधनप्रसाद सिंह (सिरहा)
४. राजेन्द्रप्रसाद यादव (पर्सा)
५. अंशु आनन्द
६. मनोजकुमार गुप्ता
७. विजय कापर (सप्तरी)
८. जितेन्द्र चौधरी (महोत्तरी)
९. दानबहादुर विक
१०. बब्लु सिवाकोटी
११. सिर्जना नेपाली
१२. अशिम कोइराला
१३. दिनेशकुमार बास्तोला
१४. बालुका बेलबासे
१५. गिरिराज बेलबासे
१६. राजेन्द्र अर्याल
१७. मिना पोखरेल
१८. तेजकुमार विक
१९. पल्लवराज भट्ट
२०. तिलक रिजाल
२१. गोमा नेपाली
२२. बसन्त नम्वाङ
२३. मुकुन्द न्यौपाने
२४. बालकृष्ण काउछा मगर
२५. ब्रिजेश गुप्ता
२६. राजकुमार गुप्ता
२७. हरिबहादुर राजवंशी
२८. पोष्टकुमार नेपाल
२९. सरस्वती गौतम
३०. सर्वतलाल राजवंशी
३१. प्रदीप प्याकुरेल
३२. समीर नेपाल
३३. रचना राजोपाध्याय
३४. अशोक केसी
३५. घनश्याम कोइराला
३६. सञ्जीव रोकाहा



तपाईको प्रतिक्रिया दिनुहोस