Techie IT
२०८२ पौष ३, बिहीबार

जेन–जी विध्वंश छानबिनः ओली र लेखकसँग बयान लिँदै आयोग


गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको विध्वंश र मानवीय क्षतिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आगामी साता उच्च राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ।

आयोगको म्याद सकिन लागेकै अवस्थामा आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी म्याद थपका लागि आग्रह गरेका छन्।

भेटका क्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने तयारी रहेको जानकारी गराएका छन्। उनका अनुसार आयोगले यसअघि नै प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरूको बयान लिइसकेको छ।

आयोगले हालसम्म गरेका कामबारे ब्रिफिङ गर्दै अध्यक्ष कार्कीले प्रशासनिक र सुरक्षा निकायतर्फका सबै सरोकारवालाको बयान सम्पन्न भइसकेको बताए। अब त्यस समय सत्तामा रहेका राजनीतिक दलका उच्च तहका नेताहरूसँग बयान लिएर प्रतिवेदन लेखनमा केन्द्रित हुने उनको भनाइ छ।

आयोगले आगामी आइतबारदेखि राजनीतिक नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको जानकारी पनि कार्कीले दिएका छन्। साथै, आयोगको नयाँ कार्यादेशअनुसार तोकिएको समयमा काम सम्पन्न गर्न कठिनाइ हुने देखिएकाले म्याद थप आवश्यक रहेको विषय प्रधानमन्त्रीसमक्ष राखिएको उनले बताए।

ओली र लेखकसहितका नेताहरूको बयान सकिँदासम्म आयोगको वर्तमान म्याद समाप्त हुने भएकाले प्रतिवेदन तयार गर्न थप समय चाहिने कार्कीको भनाइ छ। जेन–जीसँग भएको सम्झौताअनुसारको क्षेत्राधिकारभित्र थप काम गर्नुपर्ने भएकाले म्याद थप अपरिहार्य भएको भन्दै आयोगले सरकारलाई औपचारिक रूपमा आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट