Techie IT
२०८२ पौष ३, बिहीबार

आफैँ उम्मेदवार भएर भोट हाल्न अनुपस्थित एमालेका यी राजेन्द्र


नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी दिएका केही नेताहरू मतदान प्रक्रियामा सहभागी नभएको तथ्य खुलेको छ। महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार रहेका गुल्मीका राजेन्द्र अर्यालले मतदान नगरेको पाइएको हो।

अर्यालको मतदान नगरेको स्वीकार गरेका छन् । उनले भने, “मैले ‘नो भोट’को सदुपयोग गरेँ।”

प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष अर्याल र निवर्तमान अध्यक्ष गणेश बस्नेत दुवै केन्द्रीय सदस्यका उम्मेदवार थिए। उनीहरू दुवै अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका भए पनि ओली प्यानलको आधिकारिक उम्मेदवार सूचीमा समावेश थिएनन्।

यसै सन्दर्भमा अर्यालले थप प्रतिक्रिया दिँदै भने, “नेताहरूले सूचीमा नपारेपछि म पनि घर आएर सुतेँ। कहिलेकाहीँ ‘नो भोट’ पनि हुन्छ।”

आफैँ उम्मेदवार भएर पनि मतदान नगर्ने घटनाले एमाले महाधिवेशनभित्रको असन्तुष्टि र आन्तरिक समीकरणलाई संकेत गर्ने रूपमा हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट