राससमा जागिरको अवसर, करार सेवातर्फ विभिन्न पदमा कर्मचारी माग
राष्ट्रिय समाचार समिति (रासस) ले करार सेवामा विभिन्न रिक्त पदहरूपूर्तिको लागि योग्य नेपाली नागरिकहरूसँग दरखास्त आह्वान गरेको छ। राससले आफ्नो केन्द्रीय कार्यालयमा रिक्त रहेका अधिकृत तथा सहायक स्तरका विभिन्न ९ पदमा करार सम्झौतामार्फत पदपूर्ति गर्न औपचारिक सूचना जारी गरेको हो।
प्रकाशित सूचनाअनुसार विज्ञापन नम्बर १/०८१–०८२ अन्तर्गत अधिकृत स्तर-६ को ‘भिजुअल एडिटर’ पदका लागि १ जना कर्मचारी माग गरिएको छ। यसैगरी, विज्ञापन नम्बर २/०८१–०८२ मार्फत सहायक स्तर-५ को ‘भिजुअल एडिटर’ पदमा ३ जना र विज्ञापन नम्बर ३/०८१–०८२ अन्तर्गत सहायक स्तर-४ को ‘छायाँकार’ पदका लागि ५ जना जनशक्ति करार सेवामा पदपूर्ति गरिनेछ।
कसरी दिने आवेदन?
आवश्यक योग्यता पुगेका इच्छुक उम्मेदवारले राससको केन्द्रीय कार्यालयमा भौतिक रूपमा उपस्थित भएर वा रासस प्रशासन शाखाको आधिकारिक इमेल ठेगाना (rssrssadm@gmail.com) मार्फत दरखास्त पेश गर्न सक्नेछन्।
इमेलमार्फत आवेदन दिन चाहने उम्मेदवारले वेबसाइटमा उपलब्ध दरखास्त फाराम भरी, आवश्यक पर्ने सम्पूर्ण कागजातहरू समेटेर २ मेगाबाइट (२ एमबी) भन्दा सानो साइजको एउटै पीडीएफ फाइल (PDF) बनाई पठाउनुपर्नेछ। सूचना पहिलो पटक प्रकाशित भएको मिति (२०८१ कात्तिक ३० गते) ले ७ दिनभित्र यसरी आवेदन परिसक्नुपर्ने व्यवस्था गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस