Techie IT
२०८३ असार २४, बुधबार

एमाले सचिवमा हारपछि बास्कोटा भन्छन्: जिते चलाउने, हारे सघाउने


नेकपा एमालेको सचिव पदमा पराजित भएका नेता गोकुल बास्कोटाले अब पार्टीभित्र आफ्नो भूमिका कमजोर बनेको प्रतिक्रिया दिएका छन्।

एमालेको ११ औँ महाधिवेशनमा बास्कोटा ईश्वर पोखरेल प्यानलबाट सचिव पदका उम्मेदवार थिए। तर पार्टी विधानअनुसार निर्वाचित हुने नौ जना सचिवको सूचीमा उनी अटाउन सकेनन्। कुल २० जना उम्मेदवारमध्ये उनी १० औँ स्थानमा परेका थिए।

सचिव पदमा पराजित भए पनि बास्कोटा एमालेको केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन्।

पराजयपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यङ्ग्यात्मक प्रतिक्रिया व्यक्त गर्दै लेखेका छन्, ‘भनेकै थिएँ - जिते चलाउने, हारे सघाउने। खाल हारियो, च्याँखे जितियो। अब लाए अराएको गर्ने, नलाए सुन्ने, हेर्ने र ताली बजाउने। तर कुनै फुर्लुङमा तरुवा र सुरुवा बन्न नजाने केही छ अब थप?’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट