Techie IT
२०८३ असार २४, बुधबार

महाधिवेशन नभए चुनाव लड्दिनँ : महामन्त्री थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आम निर्वाचनअघि पार्टीको महाधिवेशन नभए आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन्।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन अनिवार्य रहेको धारणा राख्दै, नेतृत्व नफेरिए आम निर्वाचनमा उम्मेदवार नहुने स्पष्ट पारेका हुन्।

बैठकमा सहभागी एक नेताका अनुसार थापाले भने, “चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ। नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन। नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने को–को चुनाव लड्ने हो लड्नुस्, म चाहिँ लड्दिनँ।”

यसै बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट