Techie IT
२०८३ जेष्ठ २, शनिबार

कांग्रेसको बन्दसूचीमा अन्योल, देउवाको हस्ताक्षर नहुँदा आयोग रातभर पर्खाइमा


नेपाली काँग्रेसले समानुपातिकतर्फको बन्दसूची पेश गर्न ढिलाइ गरेको छ। ६३ वटा राजनीतिक दलले बन्दसूची बुझाइसक्दा पनि मुलुककै सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले भने समयमै बन्दसूची बुझाउन नसकेको हो।

मध्यरातिसम्म पार्टी कार्यालयमा बन्दसूची तयार गरिए पनि अन्तिम निर्णयमा सहमति नजुट्दा कांग्रेसले आयोगमा सूची पेश गर्न सकेन। स्रोतका अनुसार १ सय १० जनाको बन्दसूची तयार भइसकेको भए पनि पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नहुँदा सूची अड्किएको हो।

सभापतिको हस्ताक्षर गराउन पार्टीका प्रचार विभाग प्रमुख तथा नेता मीन विश्वकर्मा पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलसहित आज बिहान करिब ४ बजे देउवा निवास पुगेका थिए। सभापति देउवाको हस्ताक्षर नपाएर उनीहरू फर्किन नसकेको बताइएको छ।

सबैभन्दा ठूलो दल कांग्रेसले बन्दसूची पेश नगरेपछि निर्वाचन आयोगमा पनि असहज स्थिति सिर्जना भएको छ। समानुपातिकतर्फका निर्वाचन अधिकृत तथा आयोगका सचिव कृष्णबहादुर राउत, सहायक निर्वाचन अधिकृत तथा सहसचिव यज्ञप्रसाद भट्टराईलगायत आयोगका कर्मचारीहरू रातभर कांग्रेसको बन्दसूची कुरेर बस्न बाध्य भएका छन्।

कांग्रेसभित्रको आन्तरिक छलफल र नेतृत्व तहको निर्णयमा ढिलाइ हुँदा बन्दसूची प्रक्रिया प्रभावित बनेको छ, जसले निर्वाचन कार्यतालिकामाथि समेत दबाब बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट