नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा को-को परे हेर्नुहोस्
नेकपा एमालेले सोमबार राति निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा पार्टीका वरिष्ठ नेता र ‘हेभिवेट’ अनुहारहरू समेटिएका छन्। उपाध्यक्ष रामबहादुर थापा बादल आदिवासी पुरुषतर्फको सूचीमा पहिलो नम्बरमा परेका छन्।
खस आर्यतर्फ, गुरू बराल पहिलो नम्बरमा छन्। बराल यसअघि राष्ट्रिय सभा सदस्यको उम्मेदवार भइसकेका थिए र कोशी प्रदेशबाट चुनाव लड्दा बराबरी मत पाएका थिए। यसपटक उनी उपाध्यक्षमा पनि पराजित भएका थिए। त्यस्तै, डा. पुष्प कँडेल तेस्रोपटक एमालेको लेखा आयोग प्रमुख बनेका छन्। खस आर्य पुरुष क्लस्टरमा गोरख बोगटी, नरेश पोखरेल, परशुराम अधिकारी, प्रेम पराजुली पनि समावेश छन्।
महिला क्लस्टरमा सचिव पद्मा अर्याललाई स्थान दिइएको छ। स्याङ्जा–२ बाट चुनाव लडेकी अर्याल २०७९ मा पराजित भएकी थिइन्, तर २०७४ मा सोही क्षेत्रबाट चुनाव जितेकी थिइन्। यसैगरी महिला क्लस्टरमा निरूदेवी पाल, टुका हमाल, कोमल वली रहेका छन्।
मुस्लिम क्लस्टरमा साजिदा सिद्धिकी, एकवाल मिया, मोहम्मद हारून हलुवाई समावेश छन्। दलिततर्फ जितु गौतम, मनोहर विश्वकर्मा पौडेल, यमबहादुर परियार, निर्मल देउला, नीता घतानी, मायादेवी पोडेनी लगायतको नाम सूचीमा राखिएको छ।
थारू क्लस्टरमा शान्ता चौधरी, मञ्जु चौधरी, इच्छा चौधरी, जञ्जिर चौधरीको नाम छ। शान्ता चौधरी यसअघि समानुपातिक सांसद भइसकेकी छन्।
आदिवासी जनजाति महिलातर्फ भूमिका लिम्बू, गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्गवा, उषाकला राई, तारादेवी गुरूङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मिमा बरामु, यमुना घले, मनकुमारी तितुङ्ग, कान्ता राई, शर्मिला गुरुङ, सुमित्रा राजवंशी, हिरूसरा राना समेटिएका छन्। पुरुषतर्फ रामबहादुर थापा बादल बाहेक कुलभक्त शाक्य, बुद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनाम छिरिङ लामा नाम सूचीमा छन्।
मधेसीतर्फ चन्द्रेश्वर मण्डल, अरबिन्द साह, रामचरित्र साह, सुशील श्रीवास्तव, विमला यादव, यशोदा यादव, मञ्जु महतो, रिंगला यादव समावेश छन्।



तपाईको प्रतिक्रिया दिनुहोस