पूर्वगृहमन्त्री लेखकविरुद्धको स्थान हद फुकुवा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध लगाइएको स्थान हद फुकुवा गरिएको छ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा गृहमन्त्री रहेका लेखकविरुद्ध सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो।
बुधबार पुरक बयान लिइएसँगै आयोगले लेखकविरुद्धको स्थान हद फुकुवा गर्ने निर्णय गरेको हो। आयोगले बिहीबार गृहमन्त्रालयमार्फत उक्त निर्णय सार्वजनिक गरिसकेको छ।
यसअघि गत असोज १२ गते बसेको आयोगको बैठकले लेखकविरुद्ध स्थान हद लगाउने निर्णय गरेको थियो।




तपाईको प्रतिक्रिया दिनुहोस