Techie IT
२०८३ असोज १५, बिहीबार

बङ्गलादेशी मोडेलको प्रतिशोधी राजनीति नेपालमा देखिन थाल्यो - गोकुल बास्कोटा


नेकपा एमालेका नेता गोकुल बास्कोटाले पाकिस्तानी र बङ्गलादेशी मोडेलको प्रतिशोधी राजनीति नेपालमा देखिन थालेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले लामो समयदेखि चल्दै आएको पाकिस्तानी तथा पछिल्लो समय जरा गाड्दै गएको बङ्गलादेशी मोडेलको प्रतिशोधी राजनीतिले अब नेपाली राजनीतिमा पनि टुसा हाल्न थालेको स्पष्ट सङ्केत देखिन थालेको उल्लेख गरेका छन्। उनका अनुसार यो अवस्था अति सत्ता–केन्द्रित राजनीतिले आफ्नो सैद्धान्तिक जग गुमाएको परिणाम हो।

घृणाको सीमारेखा नाघेर राजनीति हिंस्रक बाटोमा गए अवस्था झनै विकराल बन्न सक्ने चेतावनी दिँदै बास्कोटाले देशलाई त्यस्तो दिशामा जान दिन नहुने बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट