Techie IT
२०८२ फागुन ५, मंगलबार

महामन्त्री थापा–शर्माको तयारीपछि कांग्रेसमा हलचल, शिर्ष नेताहरूसँग छलफलगर्दै देउवा


नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा जुटेपछि पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन्।

सभापति देउवाले शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई महाराजगञ्जस्थित आफ्नै निवासमा छलफलका लागि बोलाएका हुन्। कार्यवाहक सभापति खड्कानिकट स्रोतले सभापति देउवासँग हुन लागेको छलफलको पुष्टि गरेको छ।

स्रोतका अनुसार कार्यवाहक सभापति खड्का हाल निवासमै भेटघाटमा रहेका छन् र केहीबेरपछि सभापति देउवासँग छलफलका लागि जाने तयारी भइरहेको छ।

केन्द्रीय कार्यसम्पादन समितिमा रहेका अर्का नेताको सचिवालयले पनि सभापति देउवाले नेताहरूलाई छलफलका लागि बोलाएको पुष्टि गरेको छ। 

यसैबीच, नेपाली कांग्रेसले आज (शुक्रबार) केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बोलाएको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर १६ पुस (बुधबार) का लागि तय गरिएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार नियमित अधिवेशन स्थगन भएको विज्ञप्ति जारी गरेका थिए।

उनीहरूले केही दिनभित्रै २७ पुसका लागि विशेष महाधिवेशन घोषणा गर्ने तयारीसमेत अघि बढाएका छन्। विशेष महाधिवेशनका लागि पक्षधर समूहले बिहीबार भृकुटीमण्डप बुक गरिसकेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट