Techie IT
२०८३ असोज १५, बिहीबार

६ कम्युनिस्ट पार्टीद्वारा फागुन २१ को निर्वाचन बहिष्कारको आह्वान


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्न ६ वटा कम्युनिस्ट पार्टीले संयुक्त रूपमा आह्वान गरेका छन्। शुक्रबार बसेको ६ कम्युनिस्ट पार्टीको संयुक्त बैठकले निर्वाचन बहिष्कार गर्ने निर्णय गर्दै आम जनतालाई त्यसमा सहभागी हुन आग्रह गरेको हो।

निर्वाचन बहिष्कारको आह्वान गर्ने दलहरूमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (जनपक्ष), नेपाल कम्युनिस्ट पार्टी तथा समाजवादी कम्युनिस्ट पार्टी नेपाल रहेका छन्।

बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा यथास्थितिमा हुने निर्वाचनलाई ‘जनविरोधी’ भन्दै स्वाधीन संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी गरिने कुनै पनि चुनाव स्वीकार्य नहुने उल्लेख गरिएको छ। त्यसकारण यस्तो निर्वाचन बहिष्कार गर्न आम नागरिकलाई अपिल गरिएको विज्ञप्तिमा जनाइएको छ।

त्यसैगरी बैठकले ६ कम्युनिस्ट पार्टीको संयुक्त केन्द्रीय सङ्घर्ष समिति गठन गर्ने निर्णयसमेत गरेको छ। आगामी दिनमा संयुक्त रूपमा आन्दोलन र संघर्षका कार्यक्रम अघि बढाउने तयारी रहेको ती दलहरूले बताएका छन्।

६ कम्युनिस्ट पार्टीको यस घोषणासँगै प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक गतिविधि थप तातेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट