दलित आन्दोलनसँग सम्बन्ध नभएका व्यक्ति समानुपातिक कोटाबाट हट्नुपर्छ - किरण बिक
उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य किरण बिकले दलित आन्दोलनसँग प्रत्यक्ष सम्बन्ध नभएका व्यक्तिहरूले समानुपातिक दलित कोटाबाट उम्मेदवार बन्नु गलत भएको टिप्पणी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रस्तावित समानुपातिक दलित क्लस्टर सूचीप्रति आपत्ति जनाउँदै उनले सामाजिक सञ्जालमार्फत दलित समुदायको पहिचान स्वीकार नगर्ने र आन्दोलनबाट टाढा रहेका व्यक्तिहरूलाई दलित क्लस्टरमा समेट्नु अनुचित भएको बताएका छन् ।
विकका अनुसार, दलित आन्दोलनसँग प्रत्यक्ष रूपमा जोडिएका व्यक्तिहरूले मात्रै दलित क्लस्टरबाट अवसर पाउनुपर्छ, अन्यथा दलित अधिकार, आन्दोलनको मूल्य र पहिचान कमजोर हुन्छ।
उनले रुपक घिमिरे बिक, प्रकाश सपूत, रीमा विश्वकर्माजस्ता व्यक्तिहरू समानुपातिक कोटाभन्दा प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्नु उपयुक्त हुने बताए। विकले राजनीतिक दलहरूले यस विषयमा गम्भीर आत्मसमीक्षा गर्नु आवश्यक रहेको पनि जोड दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस