Techie IT
२०८३ जेष्ठ १, शुक्रबार

डोटीबाट प्रतिनिधिसभा भिड्ने तयारीमा एमाले केन्द्रीय सदस्य चक्र मल्ल


नेकपा एमालेका केन्द्रीय सदस्य चक्र मल्ल डोटीबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने अन्तिम तयारीमा जुटेका छन्। हाल प्रदेशसभा सदस्य रहेका मल्लले चाँडै सांसद पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ।

‘उहाँ प्रतिनिधिसभा उम्मेदवार बन्ने मनस्थितिमा पुग्नुभएको छ,’ मल्ल निकट स्रोतले भन्यो, ‘पार्टी नेतृत्वले पनि उहाँलाई नै अगाडि सार्ने सम्भावना बलियो देखिएको छ।’

डोटी बहुमुखी क्याम्पसको विभागीय प्रमुख पदबाट राजीनामा दिएर राजनीतिमा सक्रिय भएका मल्ल तीन कार्यकालसम्म जिल्ला पार्टी अध्यक्ष बनेका थिए। जिल्लामा उनी कुशल संगठनकर्ता र प्रभावशाली नेताका रूपमा परिचित छन्। भोलि बस्ने एमाले जिल्ला कमिटी बैठकले मल्लसहित प्रतिनिधिसभा उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गर्ने तयारी गरेको छ।

एमाले जिल्ला सचिव पदमराज भट्टका अनुसार, ‘माननीयज्यूले चुनाव लड्ने इच्छा व्यक्त गर्नुभएको छ। भोलि बैठक बस्दैछ, उहाँसहित आकांक्षीहरूको नाम सिफारिस हुन्छ।’

२०५० सालबाट विद्यार्थी राजनीति सुरु गरेका मल्ल दुई कार्यकाल अखिल अध्यक्ष भएका थिए। २०५७ सालमा उनी डोटी बहुमुखी क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए।

जिल्ला कमिटी सदस्य र उपाध्यक्ष हुँदै क्याम्पसको प्राध्यापक पद त्यागेर पार्टी अध्यक्ष बनेका मल्लले अघिल्लो प्रदेशसभा निर्वाचनमा प्रदेशसभा डोटी ‘क’ बाट उम्मेदवारी दिएका थिए। सो निर्वाचनमा उनले नेपाली कांग्रेसका नरेन्द्रबहादुर सिंहलाई ४५० मतान्तरले पराजित गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट