Techie IT
२०८२ फागुन २०, बुधबार

बझाङमा त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेताहरु प्रतिनिधिसभाको चुनावमा आमनेसामने


आगामी फागुन २१ गतेको चुनावले हिउँदको चिसोमा पनि देशमा राजनीतिक गर्मी बढिरहेको छ। सबै पार्टीहरूले प्रतिनिधिसभाको समानुपातिकतर्फका उम्मेदवारहरूको नामावली निर्वाचन आयोगमा पेश गरिसकेका छन् भने प्रत्येक निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारहरूको नामावली पार्टी हेडक्वार्टरलाई पठाउने क्रम जारी छ।

यसपालीको चुनावमा संयोग कस्तो रहेको छ भने बझाङ जिल्लाबाट नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र नेपाली काँग्रसबाट एउटै क्याम्पसबाट विद्यार्थी राजनीति गरेका विद्यार्थी नेताहरू प्रत्यक्षतर्फका उम्मेदवारीमा सिफारिस भएका छन्।

काठमाडौँको त्रिचन्द्र क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका युवानेताहरू नेकपा एमालेबाट ऐन महर, नेपाली कम्युनिष्ट पार्टीबाट कमल थापा र नेपाली काँग्रसबाट दिपेन्द्र जोशी सम्भावित उम्मेदवारका रूपमा एउटै जिल्लाबाट सिफारिस भएका छन्। 

बझाङका पहिलो भौगर्भिक ईञ्जिनियर कमल थापाले आफूले बझाङको विकासको रुपरेखा कोर्न सक्ने, प्राकृतिक स्रोत साधन, खनिजको सदुपयोग के कसरी गर्न सकिन्छ, कहाँ के सम्भावना छ र तिनको सदुपयोग गरी बझाङका जनतालाई आर्थिक रूपमा समृद्ध बनाउन सक्ने योजना र क्षमता रहेको बताउने गरेका छन्।

आमनिर्वाचन २०७९ मा नेता ऐन महर बझाङको प्रतिनिधि सभाको चुनावमा भानुभक्त जोशीसँग उपविजेता बनेका थिए भने युवानेताहरू कमल थापा र दिपेन्द्र जोशी पार्टीले टिकट दिए यसपालिको चुनावमा डेब्यु गर्दैछन्।

एउटै कलेजबाट विद्यार्थी राजनीति सुरु गरे पनि नेता ऐन महर सिनियर नेतामा पर्छन् भने कमल थापा बौद्धिक नेता र बझाङको भुगोल मात्र हैन भुगर्भ बुझेका, जनतासँग सजिलै घुलमिल हुन सक्ने युवा नेताका रूपमा परिचित छन्। यता दिपेन्द्र जोशी भने राजनीतिसँगै विभिन्न संघसंस्थामा काम गरेको अनुभवले समाज रूपान्तरणमा सहयोग पुग्ने बताउने गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट