Techie IT
२०८२ पौष २२, मंगलबार

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशन मितिमा चर्किंदै विवाद


नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त निर्णयपछि पार्टीभित्र विशेष महाधिवेशनको मागलाई लिएर विवाद थप चर्किएको छ।

कार्यसम्पादन समितिको निर्णयसँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारी थालेपछि आज पुनः कार्यसम्पादन समिति बैठक बस्न लागेको हो। बैठकमा महाधिवेशनको मिति, विशेष महाधिवेशनको माग तथा समग्र राजनीतिक अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ।

गत असोज २९ गते नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए। कांग्रेसको १४औँ महाधिवेशनमा सहभागी कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये २ हजार ४८८ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन्।

पार्टी विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको कम्तीमा ४० प्रतिशतले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। यस प्रावधानका कारण नेतृत्वमाथि दबाब बढ्दै गएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट