Techie IT
२०८३ जेष्ठ १, शुक्रबार

भक्तपुर–२ बाट एमाले सचिव बस्नेतको एकल सिफारिस


नेकपा एमाले नेता महेश बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेत आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन्। निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले उनलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउन जिल्ला कमिटीसमक्ष सिफारिस गरेको हो।

बस्नेत २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने उनी झिनो मतान्तरले पराजित भएका थिए।

यसअघि उम्मेदवारीको दाबेदारी गर्दै आएका नेता राजेन्द्र राजथला र अनिल श्रेष्ठले आफ्नो नाम फिर्ता लिएपछि बस्नेतको एकल नाम तय भएको हो। उम्मेदवारी फिर्ता लिएर सहयोग गरेकोप्रति बस्नेतले दुवै नेतालाई धन्यवाद व्यक्त गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट