सुदन गुरुङ गोरखा–१ बाट चुनाव लड्ने
जेनजी आन्दोलनपछि चर्चामा आएका ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने घोषणा गरेका छन्।
गोरखा जिल्लाको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा उनले सामाजिक सञ्जालमार्फत गरेका हुन्। यद्यपि, उनी कुनै राजनीतिक दलबाट उम्मेदवार बन्ने वा स्वतन्त्र रूपमा चुनाव लड्ने भन्ने विषयमा भने स्पष्ट छैनन्।
सामाजिक सञ्जालमा गुरुङले लेखेका छन्, “गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु। आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।”
गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकीकरण प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका थिए। तर, उनी स्वयम् भने रास्वपामा प्रवेश गरेका छैनन्। पदाधिकारी बन्ने आकांक्षा रहे पनि केन्द्रीय सदस्यको भूमिकामा मात्र सीमित हुने भएपछि उनले पार्टी प्रवेश नगरेको बुझिएको छ।
स्रोतका अनुसार गुरुङ रास्वपाको समर्थनमा प्रतिनिधिसभा निर्वाचन लड्न इच्छुक छन्। हाल उनीसँग अलग्गै राजनीतिक दल भने छैन। केहि समय पहिले संसद लाई साम्सद संविधान राख्ने की फाल्ने भनेर सोचिरहेको छु भनेर विवाधित बनेका गुरुङहाल भने राजनीति बुझेको बताइरहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस