Techie IT
२०८३ कार्तिक ७, शुक्रबार

रास्वपा शीर्ष नेताहरूको तारन्तार भारत भ्रमण रहस्यमय छ : प्रभु साह


प्रभु साह

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोर टिमले नै प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गरिरहेको गम्भीर आरोप लगाएका छन्।

वर्तमान सरकार गठन भएको ६ महिना नपुग्दै रास्वपाको भित्री टिम प्रधानमन्त्री शाहलाई विस्थापित गर्ने खेलमा लागेको साहको दाबी छ। शुक्रबार रौतहटको गरुडामा अग्रगामी मोर्चा नगर कमिटीद्वारा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारलाई बाह्य दलहरूभन्दा पनि रास्वपाभित्रैबाट ठूलो खतरा रहेको बताए। “रास्वपाभित्रैबाट सरकार असफल बनाउने षड्यन्त्र भइरहेको छ, यसको वास्तविक रूप छिट्टै जनतासामु छर्लङ्ग हुनेछ” उनले भने।

आजपा अध्यक्ष साहले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र सभामुख डिपी अर्यालले प्रधानमन्त्री शाहविरुद्ध मोर्चाबन्दी कसेको आरोप लगाएका छन् ।

रास्वपा नेतृत्वको हालैका विदेश भ्रमणहरूलाई शंकास्पद मान्दै साहले भने, “सभापति लामिछानेको अघिल्लो भारत भ्रमण, चीन भ्रमणको तयारी र पुनः धार्मिक यात्राका नाममा भएको भारत प्रस्थानलाई सामान्य रूपमा लिन सकिँदैन। यस्तै, अर्थमन्त्री वाग्लेको भारत भ्रमणको सन्दर्भले पनि रास्वपा कोर टिमको तारन्तारको भारत दौडधुपप्रति गम्भीर शंका पैदा गरेको छ।”

पूर्वमन्त्री साहले रास्वपाले आगामी स्थानीय तहको निर्वाचनसम्म मात्रै बालेन शाहलाई उपयोग गर्न खोजेकाले समयमै सजग हुन चेतावनी दिएका छन् । रास्वपा पङ्क्ति देश र जनताप्रति उत्तरदायी नभई केवल चुनाव र सत्ताकेन्द्रित भएको उनको टिप्पणी थियो।

घण्टी (रास्वपा) हरूलाई कुर्सीमा कसरी पुग्ने र चुनाव कसरी जित्ने भन्नेबाहेक अरू चिन्ता छैन । साहले भने, “देश र जनताको हितसँग उनीहरूलाई कुनै सरोकार छैन। यस्ता अवसरवादी सोच भएकाहरूबाट आम जनता सचेत हुनुपर्छ।”

यस्तै, रास्वपाका समर्थक तथा कार्यकर्ताहरूले सामाजिक सञ्जाललाई दूषित बनाएको आरोप पनि उनले लगाए। घण्टीका कार्यकर्ताहरूमा सामाजिक शिष्टाचार र सम्बन्धको महत्वबोध नभएकाले सञ्जालमा तल्लो स्तरको गालीगलौजमा उत्रिने गरेको साहको भनाइ थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट