Techie IT
२०८२ चैत्र ३, मंगलबार

एमाले नेताको ज्यान जोखिममा छ - अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका नेताहरूको ज्यान जोखिममा रहेको दाबी गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मुद्दा लगाउने, घर जलाउने धम्की दिने प्रयास खुलेआम भइरहेको आरोप लगाएका छन्।

‘आज पनि ज्यान जोखिममै छ। अहिले मुद्दा लगाउँछु, भोलि लगाउँछु भनेर धम्क्याइरहेका छन्। खोजीखोजी घरमा आगो लगाइरहेका छन्। यस्तो अवस्थामा सजिलो छ र ?’ ओलीले प्रश्न गरे।

उनले एमाले भएको कारण नै घरमा आगो लगाइने अवस्था आएको भन्दै यस्ता गतिविधिमा संलग्नहरू गर्वका साथ हिँडिरहेको टिप्पणी गरे। ‘आगो लगाउनेदेखि सरकार अपदस्त गराउनेहरू खुलेआम हिँडिरहेका छन्,’ उनले भने, ‘अहिले पनि अवस्था सहज छैन।’

अध्यक्ष ओलीले हिजोझैँ आज पनि नेतृत्वमा त्याग र निष्ठाको भावना कायम रहेको उल्लेख गर्दै बलिदानबिना परिवर्तन सम्भव नहुने बताए।

‘हिजो पनि त्याग थियो, आज पनि छ। बिना त्याग संसार परिवर्तन हुँदैन। मेहनत, बलिदान र निष्ठा आवश्यक हुन्छ। आदर्श र उद्देश्यप्रति हिजो पनि प्रतिबद्धता थियो, आज पनि छ,’ ओलीले भने।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट