Techie IT
२०८२ माघ २, शुक्रबार

एमालेको सचिवालय बैठकबाट प्रत्यक्षतर्फका उम्मेदवार टुङ्ग्याइदै


नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुंगो लगाउन भोलि केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम तय भएकाले एमालेले त्यसअघि नै उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन लागेको हो।

पार्टी प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाइएको छ। एमालेका निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला तथा प्रदेश कमिटीहरूले यसअघि नै सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरिसकेका छन्।

हालसम्म प्राप्त सिफारिसअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरूको नाम सर्वसम्मत रूपमा आएको छ।

अहिलेसम्म कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन गर्ने औपचारिक निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिह्न ‘सूर्य’ लिएर उम्मेदवार उठाउने तयारी गरेको जनाएको छ।

दुर्गम क्षेत्रका उम्मेदवारहरूलाई मनोनयनका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा पुग्न समय लाग्ने भएकाले पनि सचिवालयले भोलि नै उम्मेदवारहरूको नाम टुंग्याउन लागेको शाहीले जानकारी दिए। यसअघि सम्पन्न केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोटको अन्तिम अधिकार सचिवालयलाई दिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट