Techie IT
२०८२ चैत्र ३०, सोमबार

डोटी छोडेर कैलाली–५ मा प्रेम आले


डोटीबाट लगातार तीन पटक विजयी हुँदै सङ्घीय सांसद बनेका प्रेम आले यसपटक भने कैलाली–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्। नेकपा एमाले हुँदै नेकपा एकीकृत समाजवादीसम्मको राजनीतिक यात्रा तय गरेका आले यस निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवार बनेका हुन्।

आलेले संविधानसभा निर्वाचन २०७० मा डोटी निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी हुँदै संसदीय यात्रा सुरु गरेका थिए। त्यसपछि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी डोटीबाटै निर्वाचित भएका थिए।

नेकपा एकीकृत समाजवादीमा रहँदा पार्टी अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्टि जनाउँदै निष्क्रिय बनेका आलेलाई यसपटक नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकट दिएका हुन्। यससँगै उनको राजनीतिक यात्राले नयाँ मोड लिएको छ।

यसअघि डोटीबाट वीरबहादुर थापा कैलाली–४ मा झरेपछि आले विजयी भएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट