Techie IT
२०८३ असार ८, सोमबार

एमाले उपमहासचिव भट्टराईद्वारा नेता–कार्यकर्तालाई एकताबद्धहुन आह्वान


नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीले गरेको निर्णय सुनेर विचलित नहुन नेता र कार्यकर्तालाई आग्रह गरेका छन्।

केहीबेर अघि एमाले सचिवालय बैठकले देशभरिका सबै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम सार्वजनिक गरेको थियो। नाम सार्वजनिक भएपछि विभिन्न टीकाटिप्पणी सुरु भए पनि भट्टराईले एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।

उनले भने, “निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु। हाम्रो यात्रा लामो र गौरवपूर्ण छ।”

भट्टराई स्वयं ताप्लेजुङबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका छन्। तर आजको बैठकले उक्त क्षेत्रको उम्मेदवारको नाम टुङ्ग्याएको छैन र अध्यक्ष केपी शर्मा ओलीले निर्णय गर्ने भन्दै खाली छाडिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट