Techie IT
२०८३ असार ८, सोमबार

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवापक्ष सर्वोच्चमा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतसम्म पुर्‍याएको छ। गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च अदालत पुगेको हो।

नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको जानकारी अधिवक्ता लक्ष्मी दाहाल रावलले दिएकी छन्। उनका अनुसार रिट निवेदन दर्ता प्रक्रियामा रहेको छ।

अधिवक्ता रावलका अनुसार विशेष महाधिवेशन पक्षधरले पार्टीको विधि–विधान विपरीत महाधिवेशन आह्वान गरी नयाँ कार्यसमिति चयन गरेको दाबी गर्दै उक्त महाधिवेशनलाई अवैधानिक घोषणा गर्न माग गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट