Techie IT
२०८३ असार ८, सोमबार

शेखर कोइरालाले बोलाए समूहको आकस्मिक बैठक


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न आफ्ना समूहका नेताहरूको बैठक बोलाएका छन्। डा. कोइरालाले आज दिउँसो १ बजे बैठक आयोजना गरेका हुन्।

अनुपम फुडल्याण्डमा हुने उक्त बैठकमा विशेष महाधिवेशनले वैधता पाएपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिबारे गम्भीर विमर्श हुने बताइएको छ। विशेष महाधिवेशनपछिको अवस्थालाई कसरी अगाडि बढाउने भन्ने विषयमा साझा धारणा बनाउने उद्देश्यसहित बैठक बोलाइएको हो।

शेखर कोइराला निकट एक नेताका अनुसार सबै सरोकारवालाको राय र सुझाव लिन बैठक आह्वान गरिएको हो। बैठकले पार्टीभित्रको आगामी रणनीति र भूमिका निर्धारणमा महत्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट