के म दलित भएकै कारण टिकट खोसिएको हो? - नेता अफिलाल ओखेडा
नेकपा एमालेले बझाङको उम्मेदवार अन्तिम समयमा परिवर्तन गरेपछि अफिलाल ओखेडाले आफू अन्यायमा परेको बताएका छन्।
शनिबार बसेको पार्टी सचिवालय बैठकले ओखेडालाई बझाङबाट उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर आइतबार उक्त निर्णय उल्ट्याउँदै एमालेले ऐन महरलाई उम्मेदवार बनाउने निर्णय गर्यो। उम्मेदवार परिवर्तनपछि ओखेडा असन्तुष्ट भएका छन्। उनले दलित भएकै कारण टिकट खोसिएकै हो ? भनेर प्रश्न समेत गरेका छन् ।
ओखेडाको स्टाटस हेर्नुहोस् -
सम्पूर्ण बझाङ बासी दाजुभाइ तथा दिदीबहिनी हार्दिक अभिबादन नमन।
आज जुन परिघटना मेराे जिवनमा घट्याे,सम्भवत: यस्ताे राजनैतिक परिघटना कसैकाे जिवनमा घटेन हाेला।
पार्टी अध्यक्षकाे अध्यक्षतामा बसेकाे केन्द्रीय सचिवालयले मलाई टिकट दिने निर्णय गरयाे।राष्ट्रिय अन्तराष्ट्रिय मिडियाहरुले बझाङकाे प्रतिनिधि सभा उम्मेद्वार अफिलाल ओखेडा भनेर संसार भर मैले टिकट पाएकाे बिषय प्रचार प्रसार भयाे।
मैले सारा जीवन नेकपा एमालेकाे राजनीतिमा बिताएर दुर्गम र पिछडिएकाे क्षेत्रकाे बिकास र अधिकारकाे लागि लडेकाे पार्टिले मुल्यांकन गरेकाे महशुस भयाे। म सम्बद्ध पार्टी मात्र हैन अरु प्रतिष्पर्धी राजनैतिक पार्टीहरुका नेता ,कार्यकर्तादेखि सबै तह र तप्काका मानिसहरुबाट बधाई र शुभकामनाले निथ्रुक्क भिजियाे।
म ,मेराे परिवार ,मेरा साथि भाइ ,शुभचिन्तक लगायत नेकपा (एमाले) बझाङका अत्यधिक कार्यकर्ता सबै खुसीले गदगद भए।जिवनमा एउटा ठूलाे जिम्मेवारी र अबसर आएकाे महशुस भयाे।पार्टीले दिएकाे याे जिम्मेवारी मेराे बलबुताले भ्याएसम्म पूरा गर्छु भन्ने दृढ अठाेटका साथ मानसिक ,भाैतिक र हरतरहले तयार भएकाे थिए।
बिहान ११ बजे टिकट लिएर मनाेनयनकाे लागि जिल्ला जाने भनी ३ वजे धनगढी काे फ्लाइटमा टिकट बनाएर पार्टी कार्यालय पुगे।पार्टी कार्यलयमा टिकट कतिवेला बितरण हुन्छ भन्दा तीन बजे हुन्छ भन्ने केही नेताले भने।सामाजिक सञ्जालमा केही बदलिने संकेत पाएपछि त्यहाँ भएका पदाधिकारी लाई साेद्धा हुदैन कस्ले भन्याे भनेर उत्तर पाउँदा म पनि ढुक्क भए ।पार्टीले यस्ता कमजाेरी गर्दैन भन्ने लाग्याे।फेरि पनि ऐन महरकाे भयाे भन्ने अपुष्ट समाचार सुने ।बिस्वास लागेन गुन्डु पुगे।त्याँहा वदलिएकाे आभास पाएँ तर काेही पनि बाेल्दैनन।
सचिबालयले निर्णय गरेर जनजनमा फैलिएकाे निर्णय कसरी परिवर्तन भयाे?
यदि बाहिर हल्ला आए जस्तै मेराे हातमा आएकाे टिकट खाेसिएकै हाे भने मैले के अपराध गरेकाे रैछु ? मैले पार्टी ,जनता र देश बिरुद्ध के घात गरेकाे रहेछु र मलाई यसरी अपमानपुर्बक गलहत्याइयाे?
राजनैतिक जिवनमा मैले भ्रष्टाचार गरे कि ? अकुत सम्पति कमाए कि? सांस्कृतिक बिचलनमा फसें कि? पार्टी विधि बिधान बिपरित अनुशासनहिन र अनैतिक काम गरेकि? मैले के अपराध गरेर मैले पाएकाे टिकट खाेसियाे?
म फेरि प्रश्न गर्न चाहन्छु , म कसरी अयाेग्य ठहरिए? मलाई टिकट दिने निर्णय गर्दा गम्भिर छलफल र बहस भएरै बझाङकाे जिम्मेवारी दिइएकाे हैन र ?
कुनै राजनैतिक चेत भएकाे संघर्शिल मानवलाई याे लेबलकाे अपमान गर्नु सामान्य बिषय हाे त? याे सहन सक्ने र सामान्य बिषय हाे ? याे अपमान मात्र हैन ,मानवीय सम्बेदनामाथिकाे अपराध पनि हाे।चुनावमा जीत हार कसकाे भएकाे छैन?
म माथि त अन्याय भयाे भयाे ,साथै मेरा तमाम सुभचिन्तक साथिहरु ,भुँई तहमा जनताकाे सेबामा तल्लिन कार्यकर्ताहरुमाथिकाे पनि घाेर अपमान भएकाे महशुस गरेकाे छु।
साथिहरु राजनीतिमा लागेर मैले कमाएकाे जनताकाे माया बाहेक केही छैन। न त म संग मुलुककाे कुनै शहरमा घर छ, न घडेरी छ, न गाडि छ,न कुनै ब्यांक ब्यालेन्स छ। म टेम्पाे/सार्बजनिक बसमै यात्रा गरिरहेकाे हुन्छु।आम जनताकाे जिवनस्तर जस्ताे छ मैले पनित्यस्तै बिताएकाे छु।अहिलेकाे प्रतिनिधि सभा चुनाबकाे लागि मेरा हितैसी साथि भाइ ,आफन्त साथै।कार्यकर्ताले महानुभावहरुले तन,मन,धन , कर्म ,बचन र व्यवहारले सहयाेग गर्ने आस्वासन दिएका थिए।बिगतकाे अनुभवले म ढुक्क थिए। खैर ठिकै छ।तर म माथि र मेरा साथिहरु माथि भएकाे अपमान असह्य छ।
जातीय बर्गिय,लैंगिक हित बिपरित समाावेसी ,समानुपातिक मुल्यमान्यता बिपरित वल मिच्याई पुर्वक जवरजस्ति टिकट खाेसीएकाे अनुभूति भएकाे छ धन्यबाद ।
जय बझाङ।जय बझाङ्गी जनता।



तपाईको प्रतिक्रिया दिनुहोस