चितवन–३ मा रेनु दाहाल जित्ने आकलन
चितवन–३ मा यसपटक रेनुलाई रास्वपाकी चर्चित नेतृ सोविता गौतमले कडा चुनौती दिन नसक्ने अनुमान छ। एमालेबाट शंकरराज थपलिया, कांग्रेसबाट टेकप्रसाद गुरुङ र राप्रपाबाट दीपक थापामगर उम्मेदवार छन्। अघिल्लोपटक जितेका विक्रम पाण्डे चुनावी प्रतिस्पर्धाबाट बाहिर रहेकाले परिणाम रेणुदाहलको पक्षमा पर्न सक्ने विश्लेषण भइरहेको छ।
अघिल्ला तीन निर्वाचनको मतपरिणाम र हालको राजनीतिक समीकरण हेर्दा माओवादीको आधार मत र अहिलेको नेपाली कम्युनिष्ट पार्टीको थपिएको मत, रेनुको स्थानीय लोकप्रियता र विकासप्रेमी छविका कारण चितवन–३ मा रेनु दाहाल जित्ने सम्भावना बलियो देखिएको राजनीतिक विश्लेषकहरूको आकलन छ।



तपाईको प्रतिक्रिया दिनुहोस