Techie IT
२०८२ माघ ८, बिहीबार

जगदीश खरेलहरूले जेन–जी आन्दोलनको नैतिक पुँजी लुटे - तनुजा पाण्डे

के शहीदको रगत तपाईंहरूको राजनीतिक करियर सुरक्षित गर्ने भर्‍याङ मात्र थियो?


जेन–जी आन्दोलनकी अगुवा तनुजा पाण्डेले निवर्तमान मन्त्रीहरू कुलमान घिसिङ, बब्लु गुप्ता र जगदीश खरेललाई चरम अवसरवादका जिउँदा उदाहरण भएको आरोप लगाएकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले चुनाव गराउने दायित्वमा रहेको नागरिक सरकारले उनीहरूको नियुक्ति गरेसँगै समस्याको सुरुवात भएको बताएकी हुन्।

उनले मन्त्री पदबाट राजीनामा दिएर जेन–जी आन्दोलनको नैतिक पुँजी नै लुटिएको आरोपसमेत लगाएकी छन्।
“यो सरकार सडकमा गोली खाएका युवाहरू र परिवर्तनका लागि ज्यान जोखिममा राख्ने नागरिकहरूको बलिदानबाट उभिएको एउटा ‘नागरिक सरकार’ थियो,” उनले भनिन्, “यस्तो ऐतिहासिक क्षणमा मन्त्री हुनु भनेको पद पाउनु मात्र होइन, आन्दोलनप्रतिको प्रतिबद्धता र सत्ता संयमको परीक्षा पास गर्नु थियो।”

तर सत्ता हात परेपछि पार्टीको झण्डा बोकेर संगठन निर्माणमा लाग्नु र अन्ततः दलीय राजनीतिमै विलय हुनु विश्वासघात भएको उनको भनाइ छ।

मन्त्री पदलाई राजनीति गर्ने भर्‍याङ बनाइएको आरोप लगाउँदै उनले तीव्र आक्रोश व्यक्त गरेकी छन् । “दलकै शरणमा जानु थियो भने गैरदलीय, स्वतन्त्र र विज्ञको मुखौटा किन? के शहीदको रगत तपाईंहरूको राजनीतिक करियर सुरक्षित गर्ने भर्‍याङ मात्र थियो?” भन्दै उनले प्रश्न गरेकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट