Techie IT
२०८२ माघ ८, बिहीबार

चुनावको मुखैमा कुलमानलाई धक्का, ३ केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा


कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) का तीन जना केन्द्रीय सदस्यले पार्टीबाट राजीनामा दिएका छन्। राजीनामा दिनेहरूमा समानुपातिक उम्मेदवारसमेत रहेका छन्।

राजीनामा दिने नेताहरू डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम हुन्। उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जनाएका छन्।

पार्टी गठन हुनुअघि डकेन्द्रसिंह थेगिम प्रदेश नं. १ पुनःनामकरण संयुक्त संघर्ष समितिका संयोजक थिए। ज्ञानबहादुर गुरुङ र अमर इजम यसअघि नागरिक उन्मुक्ति पार्टीमा आबद्ध थिए। उनीहरू लामो समयदेखि अरुण पूर्वका नौ जिल्लालाई ‘लिम्बुवान’ नामाकरण गर्नुपर्ने मागसहितको आन्दोलनको नेतृत्व गर्दै आएका थिए।

उनेपाभित्र आन्तरिक लोकतन्त्र अत्यन्त कमजोर रहेको, विचार, विधि र प्रक्रिया अस्पष्ट रहेको तथा पहिचानसम्बन्धी एजेन्डा लिखित रूपमा स्पष्ट नभएको भन्दै उनीहरूले पार्टी परित्याग गरेको विज्ञप्तिमा उल्लेख छ।

पार्टी छाडेपछि आफूहरू स्वतन्त्र रूपमा रहेर संयुक्त पहिचानवादी मोर्चालाई सशक्त बनाउने पनि उनीहरूले बताएका छन्।

उज्यालो नेपाल पार्टीबाट डकेन्द्रसिंह थेगिमको नाम आदिवासी जनजाति क्लस्टरको तेस्रो नम्बरमा समानुपातिक उम्मेदवारका रूपमा समावेश थियो।

कुलमान घिसिङले पार्टी गठन गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता र त्यसपछि भएको विभाजनका क्रममा केही नेताहरू रास्वपामै रहने निर्णय गर्दै पार्टीले पहिलो धक्का बेहोरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट