Techie IT
२०८२ माघ ८, बिहीबार

धितो न जमानीलाई भोट नहाल्नुस् - अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो नजमानीका उम्मेदवारलाई मत दिएर आफ्नो मत खेर नफाल्न आग्रह गरेका छन्। झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिएका हुन्।

बैंकले नोट छाप्दा धितो–जमानी बिना नछाप्ने उदाहरण दिँदै उनले भोट हाल्दा पनि धितो र जमानी नभएका, नचिनेका उम्मेदवारलाई मत नदिन आग्रह गरे। २०६४ सालमा नचिनेका व्यक्तिलाई मत दिँदा देश विकासमा पछि परेको स्मरण गर्न पनि उनले मतदातालाई आग्रह गरे।

अध्यक्ष ओलीले महोत्तरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको घरअघि सडक र पुल निर्माण गरिदिएको उल्लेख गर्दै झापामा साहले के योगदान दिएका छन् ? भनेर प्रश्नसमेत गरे।

काठमाडौंमा सुकुम्बासी हटाइएको घटनापछि झापाका सुकुम्बासीहरूमा आफूहरूलाई पनि हटाइने हो कि भन्ने डर पैदा भएको गुनासो आएको ओलीले बताए। प्रत्येक निर्वाचन क्षेत्रमा ‘पर्यटक उम्मेदवार’ होइन, स्थानीय उम्मेदवारलाई नै मतदान गरेर जिताउनुपर्ने उनको भनाइ थियो।

अध्यक्ष ओलीले नेकपा एमाले बहुमत ल्याउन, सांसद, मन्त्री वा प्रधानमन्त्री बन्नका लागि मात्र नभई देश जोगाउन, शान्ति–सुव्यवस्था कायम गर्न र संविधानलाई लयमा ल्याउन संघर्षरत रहेको दाबी गरे।

उनले बालेन्द्र साह उम्मेदवार मात्रै बनेको र त्यसले केही नबिग्रिने बताए। साथै सामाजिक सञ्जालको तुवाँलोले फैलाइएका भ्रमबाट मुक्त हुन पनि मतदातालाई आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट