Techie IT
२०८२ माघ ११, आइतबार

भावी प्रधानमन्त्रीबीच खुला बहसका लागि ओलीको चुनौती भने ‘बिल्कुल तयार छु’


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका उम्मेदवारहरूबीच सार्वजनिक बहस गर्न आफू पूर्ण रूपमा तयार रहेको बताएका छन्।

शनिबार च्यासलमा कार्यकर्तामाझ घेरिएर हिँड्दै गरेको क्रममा पत्रकारहरूसँग कुरा गर्दै ओलीले यस्तो बहस आवश्यक रहेको धारणा राखेका हुन् । पत्रकारले भावी प्रधानमन्त्रीका उम्मेदवारहरूबीच सार्वजनिक बहसका लागि तयार हुनुहुन्छ भन्ने प्रश्न गर्दा ओलीले भने, “प्रधानमन्त्रीका क्यान्डिडेट हुँ भन्नेहरूबीच संवाद कार्यक्रम राखेर खुला रूपमा लाइभ बहस गर्नुपर्छ। किन प्रधानमन्त्री हुनुपर्छ, के उद्देश्यले प्रधानमन्त्री हुन खोजिएको हो भन्ने विषयमा छलफल हुनुपर्छ।”

पत्रकारले पुनः ‘त्यसो भए तयार हुनुहुन्छ?’ भनेर सोध्दा ओलीले दृढतापूर्वक ‘बिल्कुल’ भन्ने जवाफ दिए। आगामी निर्वाचनलाई लक्षित गर्दै प्रमुख दलहरूले प्रधानमन्त्रीका रूपमा आ–आफ्ना उम्मेदवार सार्वजनिक गरिसकेका छन्। नेकपा एमालेले अध्यक्ष ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ।

नेपाली कांग्रेसले भने हालै सम्पन्न विधान महाधिवेशनबाट सभापति बनेका गगन थापालाई प्रधानमन्त्रीका उम्मेदवार बनाएको छ।
यी तीनमध्ये ओली र बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन् भने गगन थापाले यस पटक सर्लाही क्षेत्र नम्बर ४ रोजेका छन्।

निर्वाचनअघि ठूला दलका प्रधानमन्त्रीका उम्मेदवारहरूबीच यस प्रकारको सार्वजनिक बहस हुनु नेपाली राजनीतिक परिवेशमा नयाँ अभ्यास हुनसक्ने विश्लेषकहरूको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट