Techie IT
२०८२ माघ १५, बिहीबार

विप्लबले भने प्रचण्डलाई हुतीहारा


नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सबै कम्युनिस्ट पार्टीहरूसँग मोर्चा र सहकार्यका लागि आफू तयार रहेको बताएका छन्। उनले सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मेल खाने पार्टीसँग एकता गर्न पनि तयार रहेको उल्लेख गरे।

बुधबार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकतामा आउन आग्रह गरेसँगै लक्षित गर्दै विप्लवले भने, “चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम हो। यस्तो भ्रममा परेका, विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेपट्टीएका हुतीहारा मात्र पर्छन्।”

उनले माओवादी पार्टीलाई अनेकौं मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यमा अग्रसर रहेको र यही कारण एकता, अग्रगमन र संभावनाको केन्द्र रहेको दाबी पनि गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट