Techie IT
२०८२ माघ २५, आइतबार

देउवा चुनावी प्रचारमा संलग्न हुने–नहुने अझै अनिश्चित


प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पार्टीका उम्मेदवारहरूको हौसला बढाउन कुनै पनि चुनावी कार्यक्रममा सहभागी भएका छैनन्।

फागुन २१ मा हुने निर्वाचनअघि उनी प्रचारप्रसारमा जाने कि नजाने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय गरिएको छैन। देउवाका स्वकीय सचिव भानु देउवाले भने, “अहिलेसम्म प्रचारप्रसारका कार्यक्रममा जाने वा नजाने कुनै निर्णय गर्नुभएको छैन।”

गत पुस २७–३० गते आयोजित विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयन भएको थियो। तर देउवा समूह र अर्का नेता डा. शेखर कोइराला नेतृत्वको समूहले उक्त कार्यसमितिलाई मान्यता दिन अस्वीकार गरेको थियो।

विशेष महाधिवेशनको निर्णय विरुद्ध देउवा र कोइराला समूह निर्वाचन आयोग पुगेका थिए। आयोगले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आधिकारिकता दिएको थियो। यो निर्णयको विरोध स्वरूप देउवा र कोइराला समूह सर्वोच्च अदालत पुगेका छन्।

सर्वोच्च अदालतमा दायर रिटको परिणाम नआउँदासम्म देउवाले प्रचारप्रसारमा जाने कि नजाने विषयमा निर्णय गर्नुहुने छैन। अदालतको फैसला आएपछि मात्रै यसबारे अन्तिम निर्णय हुने स्वकीय सचिव भानु देउवाले बताएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट