Techie IT
२०८२ माघ २८, बुधबार

सबैभन्दा नयाँ र भिजनयुक्त पार्टी नेकपा हो: संयोजक प्रचण्ड


नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दललाई सबैभन्दा नयाँ र स्पष्ट भिजन भएको पार्टी भएको दाबी गरेका छन्।

पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उनले वर्तमान आवश्यकता अनुरूप घोषणापत्र ल्याएर पार्टी अघि बढ्ने संकल्प गरिएको बताए।

उनले भने, “हामी सबैभन्दा नयाँ पार्टी हौँ, सबैभन्दा भिजन भएको पार्टी हौँ। अहिले हाम्रो पार्टीको नेतृत्वमा नेताहरूको ठूलो जमात केन्द्रित भएको छ। युवाहरूमा सुरुमा केही भ्रम देखिएको थियो। नेपाली कम्युनिस्ट पार्टीप्रति यतिबेला हामीलाई माओवादी भनेर, तीन वटा पार्टी–तीन वटा नेता भनेर निकै प्रचार गरियो। त्यो कसले गर्‍यो भन्ने कुरा तपाईंहरूले बुझिरहनुभएको छ।”

प्रचण्डले अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले भ्रष्टाचारविरुद्ध लड्ने र भ्रष्टाचारीको संरक्षण गर्ने पक्ष उस्तै भएको भन्दै फैलाइएको प्रचारप्रति आपत्ति जनाएका छन् ।

उनले थपे, “सत्तापक्ष र प्रतिपक्ष दुवै उस्तै हुन् भनेर युवाहरूलाई भ्रममा पार्ने प्रयास भयो। तर यहाँसम्म आइपुग्दा जेन–जी आन्दोलनका पवित्र भावना भएका युवाहरूले बुझिसकेका छन् कि हाम्रो अभिभावक पार्टी, हाम्रो विचार र मुद्दासँग मिल्ने र हाम्रो निम्ति लडिराख्ने पार्टी नेकपा नै हो।”

उनले पछिल्लो समय हजारौँ युवाहरू पार्टीमा प्रवेश गरिरहेको दाबी पनि गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट