Techie IT
२०८२ माघ २८, बुधबार

कांग्रेसले फागुन २ भित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने


नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २ गतेभित्र आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्ने जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले ढिलोमा फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गरिने बताएका हुन्।

बुधबार बिहान पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता चालिसेले भने, “हाम्रो तयारी फागुन १ गतेका लागि छ। ढिलोमा २ गते सार्वजनिक गर्छौँ।”

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न मंगलबार निर्देशन दिएको थियो। कांग्रेसले यस पटक आफ्नो घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’ का रूपमा प्रस्तुत गर्ने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट