Techie IT
२०८२ चैत्र २९, आइतबार

हिन्दु राष्ट्रदेखि राजसंस्था पुनर्स्थापनासम्म: राप्रपाको घोषणापत्र भोलि सार्वजनिक हुने


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो चुनावी घोषणापत्र भोलि सार्वजनिक गर्ने भएको छ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।

उनका अनुसार घोषणापत्र सार्वजनिक कार्यक्रम भोलि दिउँसो १:३० बजे धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिनेछ।

राप्रपाले घोषणापत्रमा हिन्दु राष्ट्र पुनर्स्थापना, राजसंस्थाको पुनर्बहाली, प्रदेश संरचनाको खारेजी, एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने व्यवस्था तथा पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई प्रमुख एजेन्डाका रूपमा समेटेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट