Techie IT
२०८२ फागुन ३, आइतबार

आजदेखि देशभर मतदाता शिक्षा अभियान सुरु, स्थानीय तहमा घरदैलो कार्यक्रम गरिने


आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ।

निर्वाचन आयोग नेपाल ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८’ बमोजिम विशेष मतदाता शिक्षा कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो।

आम नागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको आयोगले जनाएको छ।

आजदेखि सुरु भएको कार्यक्रम फागुन १७ गतेसम्म देशका ७५३ स्थानीय तहअन्तर्गत ६ हजार ७४३ वडामा सञ्चालन हुनेछ। प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ।

आयोगका अनुसार स्वयंसेवकहरू मतदाताको बस्ती तथा घरदैलोमै पुगेर नमूना मतपत्रमार्फत मतदान प्रक्रिया र निर्वाचनको महत्वबारे जानकारी गराउनेछन्। प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा सहभागिता बढाउनुका साथै बदर मतको अनुपात घटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोगको छ।

आयोगका सहप्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कार्यक्रम सफल बनाउन सातै प्रदेश सरकार, स्थानीय तह, निर्वाचनमा प्रतिस्पर्धा गर्ने राजनीतिक दल, उम्मेदवार तथा सञ्चार क्षेत्रलगायत सम्पूर्ण सरोकारवालासँग सहयोग, समन्वय र सहजीकरणका लागि अनुरोध गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट