Techie IT
२०८३ असोज १४, बुधबार

चुनावी खर्च पारदर्शितामा कडाइ: ललितपुरका ७१ मध्ये २३ ले मात्र बैंक खाता खोले


आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर जिल्लाका तीन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका ७१ जनामध्ये हालसम्म २३ उम्मेदवारले मात्र बैंक खाता खोल्न सिफारिस लिएका छन्।

जिल्ला निर्वाचन कार्यालयकी सूचना अधिकारी समिता बस्नेतका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी २३ जनाले निर्वाचन प्रचारप्रसार खर्च व्यवस्थापनका लागि आवश्यक सिफारिस लिएका हुन्।

निर्वाचन आयोग ले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गर्दै हरेक राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार खर्चका लागि छुट्टाछुट्टै बैंक खाता अनिवार्य रूपमा खोल्नुपर्ने व्यवस्था गरेको छ।

ललितपुर क्षेत्र नम्बर १ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये १२ जना स्वतन्त्र उम्मेदवार छन् भने २५ पुरुष र तीन महिला उम्मेदवार रहेका छन्।

ललितपुर क्षेत्र नम्बर २ मा २३ जनाले उम्मेदवारी दिएका छन्। यसमध्ये सात जना स्वतन्त्र र १६ जना विभिन्न राजनीतिक दलका उम्मेदवार छन्। सो क्षेत्रमा दुई जना महिला उम्मेदवार रहेका छन्।

त्यस्तै, ललितपुर क्षेत्र नम्बर ३ मा २३ जनाले उम्मेदवारी दर्ता गराए पनि तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि हाल २० जना उम्मेदवार प्रतिस्पर्धामा कायम रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट