Techie IT
२०८२ फागुन ७, बिहीबार

घोषणापत्रमाथि सभापति थापासँग भोलि प्रत्यक्ष सवाल–जवाफ हुने


नेपाली कांग्रेस ले आफ्नो चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमाथि खुला प्रश्नोत्तर कार्यक्रम गर्ने भएको छ।

बुधबार जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञापत्रको विस्तृत जानकारी दिँदै पार्टी सभापति गगनकुमार थापाले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने घोषणा गरेका हुन्।

भोलि बिहीबार दिउँसो १ बजेदेखि काठमाडौँस्थित राष्ट्रिय सभागृह मा ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ शीर्षकमा कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा सभापति थापाले देश–विदेशबाट प्राप्त प्रश्नको प्रत्यक्ष जवाफ दिने व्यवस्था गरिएको छ।

कांग्रेसका प्रवक्ता देवराज चालिसे का अनुसार सभापतिले ठूलो एलईडी स्क्रिनमार्फत प्रतिज्ञापत्रको मुख्य अंश प्रस्तुत गर्ने र त्यसपछि खुला प्रश्नोत्तर सत्र सञ्चालन गरिनेछ।

प्रवक्ता चालिसेले भने, “मधेशको राजधानी जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञापत्रबारे बिहीबार काठमाडौंमा विस्तृत जानकारी दिँदै खुला प्रश्नोत्तर कार्यक्रम राखिएको हो। प्रविधिको प्रयोगमार्फत संसारभरिबाट प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिनेछ र सभापतिले त्यसको जवाफ दिनुहुनेछ।”

कार्यक्रम स्थलमै उपस्थित सहभागीबाट पनि प्रश्न लिइने र सभापति थापाले प्रत्यक्ष उत्तर दिने व्यवस्था मिलाइएको जनाइएको छ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने लक्ष्यसहित आगामी पाँच वर्षको कार्ययोजना प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ। घोषणापत्रका विषयमा आम नागरिकलाई खुला रूपमा प्रश्न गर्ने अवसर दिने अभ्यास नेपालको राजनीतिक इतिहासमै पहिलोपटक हुन लागेको दाबी कांग्रेसले गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट