Techie IT
२०८२ फागुन १८, सोमबार

नेपाली कांग्रेस (बिपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित


नेपाली कांग्रेस (बिपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा दुई पक्षबीच सहमति भएसँगै उक्त एकीकरणको औपचारिक घोषणा गरिएको हो।

कांग्रेस सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बिपी)का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेको सहमतिपत्रअनुसार नेपाली कांग्रेस (बिपी)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा संगठनात्मक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत हुने उल्लेख गरिएको छ।

परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणप्रति प्रतिबद्धता व्यक्त गर्दै जारी वक्तव्यमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी एकीकरणको निर्णय गरिएको जनाइएको छ।

सहमति पत्रमा नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत अघि सारेको ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने संकल्पलाई सुदृढ बनाउन पनि यो निर्णय गरिएको उल्लेख छ।

नेपाली कांग्रेस (बिपी)ले नेपाली कांग्रेसको आदर्श, मूल्य–मान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।

एकीकरणसम्बन्धी अन्य आवश्यक व्यवस्थाहरू नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार संगठनात्मक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट