Techie IT
२०८३ वैशाख २३, बुधबार

रास्वपामा मन्त्रिपरिषद् गठन गृहकार्य: अर्थमा वाग्ले नै आउने


दुई तिहाइ नजिकको बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले मन्त्रिपरिषद् गठनको गृहकार्यमा व्यस्त छ। स्रोतका अनुसार मन्त्रालयगत उम्मेदवारको रोस्टर बनाएर आन्तरिक छलफल जारी छ।

अर्थ मन्त्रालयमा हाल स्वर्णिम वाग्लेको नाम मात्र चर्चामा आएको छ। स्रोतले बताएअनुसार वाग्ले जत्तिको पोर्टफोलियो दाबी गर्न योग्य अन्य व्यक्तिहरू अहिलेसम्म देखिएका छैनन्।

पहिले वाग्लेलाई ‘चेक’ गर्नका लागि राष्ट्रिय सभामा वर्तमान अर्थमन्त्री रामेश्वर खनाललाई लैजाने चर्चा थियो। तर, सरकारले राष्ट्रिय सभाका रिक्त विज्ञ सांसदका लागि अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ।

गृह मन्त्रालयमा भने दुई प्रमुख नेता दाबी गर्दै आएका छन्। अहिलेसम्म पार्टीका उपसभापति डीपी अर्याल र नेता सुनिल लम्सालले यो मन्त्रालयको दाबी गरेका छन्।

लम्साल बालेन निकट नेता हुन् र रुपन्देही–१ बाट निर्वाचित उनका नाम बालेन टिमबाट महामन्त्रीका रूपमा पनि चर्चा भइसकेको थियो। शक्तिशाली मन्त्रालयमा बालेन र सभापति रवि लामिछाने पक्षबीच सन्तुलन मिलाउन लम्साललाई गृह मन्त्रालय ल्याउने रणनीति रहेको स्रोतले जनाएको छ।

तर, डीपी अर्यालले आफू गृहमन्त्री बाहेक अरू केही नबन्ने अडान राखेका छन्। पार्टीले उनलाई सभामुखको रूपमा अघि सारेको भए पनि उनले रुचि नदेखाएको बताइएको छ। यदि गृहमन्त्री पद पाउन सकेनन् भने उनलाई भौतिक पूर्वाधारमा व्यवस्थापन गर्ने विकल्प राखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट